एभरेष्ट बैंकद्वारा अनलाइन राजस्व भुक्तानी प्रणाली सुरु

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण

 एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यमा महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरू गरेको छ ।

बैंकले कोभिड–१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्ने उद्देश्यले विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्वसचिव रामशरण पुडासैनीको उपस्थितिमा प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको बैंकले जनाएको छ ।

बैंकले देशभर एक सय शाखा, ७ प्रादेशिक कार्यालय, एक सय ३२ एटिएम तथा ३३ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।

सुझावित समाचार