विश्वव्यापी खोपका लागि बेलायतले एक अर्ब डलर जुटाउने

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरसविरुद्धको खोप सहज आपूर्ति व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरूबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ । 

बेलायत सरकारले अन्य दाताले चार डलर दिए आफ्नातर्फबाट एक पाउन्ड रकम कोभाक्स कोषमा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ ।

क्यानाडा, जापान र जर्मनीले मुख्य रूपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि एक अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरूको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिने छ । 

विदेशमन्त्री डोमिनिक राबले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी समस्या भएकाले  सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताइका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार बेलायती विदेशमन्त्री राब र प्रधानमन्त्री बोरिस जोनसनसँग भेट्दै छन् । 

सुझावित समाचार