घाम लागेसँगै हावामा प्रदूषणको मात्रा घट्दै

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

घाम लागेसँगै बुधबार काठमाडौंको हावामा प्रदूषणको मात्रा घट्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार दिनभरि घाम लागेसँगै एयर क्वालिटी इन्डेक्समा सुधार आएको छ ।

पछिल्लो २४ घन्टाको तुलनामा हावाको गुणस्तरमा निकै सुधार आइसकेको छ । मंगलबार सबैभन्दा बढी प्रदूषण रिपोर्ट गरिएको ललितपुरको भैंसेपाटीमा एक्युआई ९५ मा झरेको छ ।

नेपालभरिको वायुमा परिवर्तन आए पनि जनकपुरमा भने घाम नलागेका कारण एक्युआईमा सुधार आएको छैन । जनकपुरको एयर क्वालिटी इन्डेक्स बुधबार पनि १९५ कायम छ । विराटनगरमा १७२, हेटौंडामा १७०, धनकुटामा १५३ र सौरहामा ७८ पुगेको छ । यस्तै, नेपालगन्जमा ४४, महेन्द्रनगरमा ५६ र दाङमा ४३ रिपोर्ट गरिएको छ ।
 

See More On

सुझावित समाचार