ओलीभन्दा प्रचण्ड ‘फार बेटर’ : माधव नेपाल (भिडियोसहित)

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा प्रचण्ड ‘फार बेटर’ रहेको बताएका छन् । नेपालले आफैँले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएकोसमेत बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओलीले संसद्मा विपक्षी पार्टीका नेताहरूलाई गरेका शब्दवाँण सुनेर आफूलाई पोल्ने गरेको पनि बताए । संसद्लाई सम्बोधन गर्दा देशभित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने ओलीको प्रवृत्तिले आफूहरूलाई शिर निहु¥याएर बस्नुपर्ने अवस्थामा पु¥याएको उनको दाबी छ । 

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य–मान्यतालाई कुल्चेकोसमेत उनले बताए । पार्टीभित्र ओली प्रवृत्तिको निरन्तर विरोध गरेको, तर सुघ्रन नचाहेपछि ओलीलाई अनुशासनको कारबाही गरेको उनको जिकिर छ । नेपालले पार्टीभित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गर्न खोजेको आरोप पनि लगाए । प्रजातान्त्रिक प्रवृत्ति नभएको मान्छे भएकाले ओलीले आफ्ना विरोधीहरूलाई एकएक गरेर सिध्याउन चाहेको उनले दाबी गरे । 

नेपालले सर्वोच्च अदालतले नेपालको संविधानको मूल भावना र मर्मलाई ठीक व्याख्या गरेर गलत गर्नेहरूलाई सही बाटो देखाउनुपर्नेमा जोड दिए ।
 

सुझावित समाचार