विलियम्सनको दोहोरो शतक, न्युजिल्यान्ड सुदृढ स्थितिमा

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो ।

न्युजिल्यान्ड टिमका कप्तानसमेत रहेका विलियम्सन व्यक्तिगत दुई सय ३८ रन बनाएर आउट भएका थिए । न्युजिल्यान्डका लागि हेनरी निकोल्सले एक सय ५७ तथा डेरिल मिचेलले एक सय दुई रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए । 

तेस्रो दिन ६ विकेटको क्षतिमा ६५९ रन बनाएर न्युजिल्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्युजिल्यान्डन्डले पाकिस्तानविरुद्ध ३६२ रनको विसाल अग्रता बनाएको छ । 

पाकिस्तानले पहिलो इनिङमा दुई सय ९७ रन बनाएको थियो । तेस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा आठ रन बनाएको छ । पाकिस्तानका शान मसुद कुनै रन नै नबनाई आउट भएका छन् ।

दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो ।

सुझावित समाचार