हिमपातका कारण उड्न सकेनन् हुम्ला विमानस्थलबाट तारा एयरका दुई विमान

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

बाक्लो हिमपातका कारण हुम्लास्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् । 

तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएकाे थियो  ।

मर्मत गरी फर्कने वेला आइतबार मौसम खराब भएपछि  उडान हुन नसेकको सिमकोट नागरिक विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । 

उडान हुन नसक्दा नेपालगन्ज ,सुर्खेत  र काठमाडौ जाने यात्रु  सिमकोटमै  रोकिएका छन् । 
 

सुझावित समाचार