च्याब्रुङ बजाएर प्रतिगमनविरुद्ध प्रदर्शन [फाेटाेफिचर]

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध आज नागरिक समाजले लिम्बू समुदायको बाजा च्याब्रुङ बजाएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

नागरिक समाजले गत ११ गतेदेखि एक दिन बिराएर नियमित प्रदर्शन गरिरहेको छ । यसैक्रममा आज च्याब्रुङ बजाएर विरोध प्रदर्शन गरेको हो । 

कार्यक्रममा लेखक अर्चना थापा,  अभियान्ता विनोद लोहनी, डिबी आङबोङलगायतले मन्तव्य राखेका थिए । लेखक तथा विरोध कार्यक्रमका संयोजक युग पाठकले यस किसिमको रचनात्मक विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए। 

विरोध कार्यक्रमका केही तस्बिरहरू:

सुझावित समाचार