राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्र स्थापनाका लागि राप्रपाले काठमाडौंमा र्यालीको आयोजना गरेको छ । भृकृटीमण्डपबाट सुरु भएको र्याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ । राप्रपाका अध्यक्षहरू पशुपतिशमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीलगायतले सभालाई सम्बोधन गरेका छन् ।






