जिल्ला प्रशासन कार्यालय परिसरमा ‘पालिका स्तम्भ पार्क’ निर्माण

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । पार्कको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रशासनमा निर्माण गरिएको पार्क सेवाग्राही र अन्य नागरिकका लागि सूचनामूलक भएको बताए । उनले भने, ‘यसले प्रशासनमा आएका सेवाग्राही भिड भएका वेलामा समेत सन्देशमूलक सूचना पढेर समय बिताउनेछन् ।  जिल्लाको सबैभन्दा बढी सेवाग्राही आउने प्रशासन कार्यालयमा निर्माण गरिएको पार्कले समग्र जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ ।’

प्रशासन कार्यालयको सेवाग्राही प्रतीक्षालय अगाडि पार्क निर्माण गरिएको हो । पार्कबाट ७७ वटै जिल्ला समेटिएको नेपालको नक्सा, गण्डकी प्रदेशको नक्सा, राष्ट्रिय गान, जिल्लाका आठवटै पालिकाको नक्सा र नेपालको झण्डालगायतका बारेमा जानकारी लिन सक्ने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनले भने, ‘पार्कमा जिल्लाको ऐतिहासिक र पर्यटकीय गाउँबारे सबै स्थानीय तहका महत्वपूर्ण स्थानहरूलाई नक्सांकन गरी राखिएको छ ।’ 

मध्यनेपालको सात लाख आर्थिक सहयोगमा पार्क निर्माण गरिएको हो । प्रविधिमन्त्री बन्दै गएको प्रशासनमा सेवाग्राही र नागरिकमैत्री वातावरण बनाउन पार्क निर्माण गरिएको शर्माको भनाइ छ । 

सुझावित समाचार