गायक रेशम पुनको स्वरमा रहेको ‘ए मेरी जुरेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका छन् ।
श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा कलाकारहरू सविना राउत, दिलीप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय देख्न सकिन्छ । केशव अधिकारीको छायांकन, सविना राउतको कोरियोग्राफी रहेको भिडियोको सम्पादन धीरज खड्काले गरेका हुन् ।
गीतलाई श्रीपेजको टिभीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ । रिसाएकी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास भिडियोमा देखाउन खोजिएको छ । भिडियोको बजार प्रवर्द्धन आवृत्ति मिडियाले गरेको हो ।