कित्ता परिवर्तनपछि एक्लिए छक्कबहादुर

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दुनियाँलाई छक्क पार्दै निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुम्लाका छक्कबहादुर लामालाई कार्यकर्ताले साथ छाडेका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छक्काएका लामालाई जिल्लाका अगुवा नेता र कार्यकताले साथ छोडेपछि उनी अहिले एक्लिएका छन् । 

शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीको आश्वासनमा  एकैदिनमा कित्ता परिवर्तन गरेका लामालाई जिल्लाका कार्यकताले साथ छोडेपछि लामा एक्लिएको नेकपा हुम्लाका अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।

लामा  प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि कार्यकताहरूले साथ छोडको अध्यक्ष जैसीले बताए । लामाका स्वकीयसचिव नेत्र महताराले पनि लामाले बालुवाटार रोजेपछि उनीसँगको सम्बन्ध टुटेको बताए ।    

आफन्तको गुनासो :  सत्तालिप्सामा सहिदको रगत बिर्सिए
छ्क्कबहादुर लामा सहिद परिवारका सदस्य पनि हुन्। आफ्नो इतिहास भुलेर  प्रधानमन्त्री ओली पक्षमा उभिएका लामाले सहिदको रगत बिर्सिएको आफन्त कार्चेन लामाले गुनासो गरे । छक्क लामालाई अध्यक्ष  प्रचण्ड र  नेपाल समूह नछोड्न आग्रह गरे पनि उनले नमानेकाे आफन्तको गुनासो छ । 

पूर्वमाओवादीको ठूलो तप्का र पूर्वएमालेको समेत समर्थनमा स्वतन्त्र निर्वाचन जितेपछि प्रचण्डकै पहलमा पार्टीको कारबाही फुकुवा पाएका छक्कबहादुरलाई ओलीले दिने भनेकाे मन्त्रीको प्रलोभनमा प्रचण्डको साथ छोडेको बुझिएको छ । प्रचण्डको साथ छोडेपछि सामाजिक सञ्जालदेखि जिल्लाभर उनको आलोचना बढेकाे छ । 
 

सुझावित समाचार