दोलखामा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका कार्यकर्ताले दोलखा सदरमुकाम चरिकोटमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुको आयोजनामा शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएकाे हाे । 

बजार क्षेत्रबाट नाराबाजीसहित निस्किएको जुलुसमा सरकारविरुद्ध चर्को नाराबाजी भएको छ । जुलुस सातदोबाटो चोक पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरी कोण सभामा परिणत भएको थियो ।

कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशुन कार्की र जिल्ला संयोजक रोशन खड्काले सम्बोधन गरेका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । 

सुझावित समाचार