सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटन संविधानको प्रावधानविपरीत भएको भन्दै परेको रिटमाथिको बहस सकिएको छ ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भएको बहसमा रिट दायर गर्ने विभिन्न अधिवक्ताहरूले बहस गरेका थिए ।
बहस सकिएसँगै आदेश आउन अझै केही समय लाग्ने जनाइएको छ ।