प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू संसदीय दलको बैठक सुरु भएको छ । 

संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा सुरु भएको हो । 

यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ । 

हिजो मंगलबार मात्र यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ । 

नेपाललाई अध्यक्ष र दाहाललाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूबीच अघि नै भइसकेको र यसकाे निर्णयका लागि मात्र बैठक हुने स्रोतले जनाएको छ ।

सुझावित समाचार