प्रतिनिधिसभा विघटनविरुद्ध रिट : १२ वटैकाे सुनुवाइ चल्दै

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटै रिटमाथि अहिले सुनुवाइ भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् ।

अहिले कञ्चनकृष्ण न्यौपाने, अमृत खरेल, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत, अभिवक्ता शालिकराम सापकोटा, अधिवक्ता कमलबहादुर खत्री, मनिराम उपाध्याय, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अमिता गौतम पौडेल, अभिवक्ता दिपक राई, तुलसी सिंखडा र नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङद्वारा दायर रिटमाथि सुनुवाइ भइरहेको छ । 

अहिले अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र नेकपा प्रमुख सचेतक देव गुरुङको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस  गरिरहेका छन् । 
 

सुझावित समाचार