प्रचण्ड–नेपाल समूहले माधव नेपाललाई बनायो नेकपाको अध्यक्ष (भिडियोसहित)

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाएको छ । 

काठमाडौंको बबरमहलमा जारी रहेको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ ।

बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनकाे मत अस्वीकृत भएकाे थियाे ।

त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेकाे छ । 

सुझावित समाचार