प्रतिनिधिसभा विघटनविरुद्ध ११ वटा रिट दर्ता

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सोविरुद्ध ११ वटा रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘आज ११ वटा दर्ता भएका छन् । एउटा भने प्रक्रियामा छ, सम्भवतः भोलि दर्ता गरिनेछ ।’ 

लोकेन्द्र ओली, सुलभ खरेललगायतका अन्य अधिवक्ता तथा सरोकारवालाले रिट दर्ता गराएका हुन् ।

यी सबै रिटलाई एकसाथ राखेर इजलासमा पेश गर्ने तयारी सर्वोच्च अदालतले गरेको छ , 

सुझावित समाचार