जनता समाजवादी पार्टी पर्साले संसद् विघटन भएपछि वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार ४ बजे घन्टाघरचाेकमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै नाराबाजी गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागी भएका जनता समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओली संसद् विघटन गरेर लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको आरोप लगाए ।
उनले विभिन्न आन्दोलनले बलिदानी दिएर जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् ।