विभिन्न आयोगमा ४५ जनाको सिफारिससहितको पत्र संसदीय सुनुवाइ समितिमा पुगेको छ ।
जसमध्ये सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरेको छ । पत्र आजै संसद् सचिवालय पुगेकाे बताइएको छ।
संसद् विधटन भएसँगै सिफारिसको पत्र सुनुवाइ समितिमा पुगेको छ । संसद् विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्दैन । ४५ दिनभित्र सुनुवाइ हुन नसकेमा स्वतः नियुक्त हुनेछन् ।