सरकारले संसद् विघटनको सिफारिस गरेका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको छ ।
सरकारको कदमबारे पार्टीको धारणा तयार गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीहरू पुगेका छन् ।
नेता कृष्णप्रसाद सिटौला भने सहभागी छैनन् । सिटौला कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका छन् ।