उद्योगमन्त्री भट्ट, मन्त्री त्रिपाठी र नेता पौडेल पुगे आन्दोलनरत किसान माझ : पाउलान् त किसानले बक्यौता ? (तस्बिरसहित)

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता एकसाथ आन्दोलनरत उखु किसानकोमा पुगेका छन् । 

छैटाैँ दिन काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानमाझ तीनैजना एकैसाथ पुगेका हुन् । 

मन्त्री त्रिपाठी सहभागी मात्र भएर फर्के भने मन्त्री भट्ट र नेता पौडेलले किसानहरूलाई सम्बोधन पनि गरेका थिए । 

मन्त्री भट्टले भोलि शनिबार बैंक खोल्न लगाएर भए पनि पैसा पठाउने र भोलि नै किसानको हात–हातमा पैसा पर्ने जनाएका थिए । 

नेता पौडेलले भने उखु किसानको साथमा कांग्रेस रहेको बताए । उनले किसानको आन्दोलनप्रति कांग्रेसको साथ रहेको बताए । 

मन्त्री भट्ट त्यहाँबाट बिदाबारी भएर उठेलगत्तै किसानहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

सुझावित समाचार