प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
संसद् भवन नयाँ बानेश्वरकाे एक हलमा बैठक बसेको हो ।
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सरकारले चालेका कदमलगायतका विषयमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
उनले आजकाे यस बैठकले अध्यादेशबारे र कांग्रेसले आगामी दिनमा अपनाउने रणनीतिबारे निर्णय हुने बताइन् ।
कांग्रेसले यसअघि नै अध्यादेश फिर्ता लिनुपर्ने माग गरिसकेको छ । त्यसैगरी अध्यादेश फिर्ता नगरेसम्म बोलाइने संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जनाइसकेको छ ।