सप्तरीको राजविराज नगरपालिका– १६ बोरियामा एकाबिहानै विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
बिहान करिब ४ बजेतिर गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
शवको मुचुल्का गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाएर थप अनुसन्धान भइरहेको डिएसपी साहले जनाए ।
आगलागीबाट घरमा रहेको धनमाल जलेर नष्ट हुँदा करिब एक लाख रुपैयाँको क्षति भएको छ । आगो नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा डेढ घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।