बेलायतले अक्सफोर्डलाई चाँडै मान्यता दिने

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि त्यसविरुद्ध धेरै वैज्ञानिक र रिसर्च सेन्टरहरूले भ्याक्सिन निर्माणको काम सुरु गरे । त्यसमा अक्सफोर्ड विश्वविद्यालय पनि पर्छ ।

विश्वमै प्रतिष्ठित यो शैक्षिक संस्थाले निर्माण थालेको भ्याक्सिन चाँडै बजारमा उपलब्ध हुने अपेक्षा गरिएको थियो । अक्सफोर्डले भ्याक्सिन निर्माण गरेपछि उत्पादन र वितरणको जिम्मेवारी अस्त्रजेनेकाले लिइसकेको छ ।

अन्तिम चरणको परीक्षणमा समेत सकारात्मक नतिजा आएको भनिएको यो भ्याक्सिनले अझैसम्म प्रयोगका लागि अनुमति भने पाइसकेको छैन । 

सुझावित समाचार