बुधबार दिनभर

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

पसिनाको मूल्य माग्दा हामी कसरी बिचौलिया भयाैँ ? [फोटोफिचर] 

देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करोडौँ रकम उठाउन सुरु गरेको आन्दोलनको आज चौंथो दिन पुगेको छ। आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । 

पेसा नै मोटरसाइकल चोरी : पल्सर र एफ–जेड चोरको मुख्य निशाना

महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाट मात्रै दैनिक औसत चारवटा मोटरसाइकल चोरी हुन्छन् । तीमध्ये अधिकांश काठमाडौं जिल्लाबाट चोरी हुन्छन् । र, ठूला र असुरक्षित पार्किङ तथा सुनसान ठाउँ र घरका बढी मोटरसाइकल चोरी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महाशाखाको तथ्यांकअनुसार पछिल्ला तीन वर्ष चार महिनामा उपत्यकाबाट मात्रै चार हजार नौ सय ६६ मोटरसाइकल चोरी भए । तीमध्ये आठ सय ५९ वटा मात्रै फेला परे । अर्थात्, चोरी भएका मोटरसाइकलमध्ये प्रहरीले १७ दशमलव २९ प्रतिशत मात्र फेला पार्दै आएको छ । बाँकी ८२ दशमलव ७२ प्रतिशत मोटरसाइकल फेला पर्दैनन् । चोरी भएकामध्ये करिब ९० प्रतिशत बजाजका पल्सर नै रहेको प्रहरीको तथ्यांकले बताउँछ । त्यसपछि यामाहाको एफ–जेट छन् । त्यसपछि मात्रै होन्डा र हिरो कम्पनीका मोटरसाइकल चोरी हुन्छन् ।

काठमाडौं महानगरपालिकाभित्रका विद्यालय तत्काल नखुल्ने

कोभिड– १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसमसमेत रहेको भन्दै यस्तो वेलामा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए ।  ‘अहिले जाडो मौसम छ, यो समयमा बिदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्रमा ५० हजारको ‘एन्टिजेन टेस्ट’ गर्ने भनेको छ  । योबीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाऊँ ।’ 

अध्यादेश र संसद्को विशेष अधिवेशनसम्बन्धी निवेदन फिर्ता लिने नेकपाको सर्वसम्मत निर्णय (भिडियोसहित)

सत्तारुढ नेकपाले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको  छ ।

देउवालाई गगन थापाको अपिल : बरालिएका ओलीलाई बाँध्न संसद् अधिवेशन बोलाउन बाध्य पारौँ

कांग्रेसका नेता गगन थापाले संसद् अधिवेशन बोलाउनका लागि निवदेन दिन पार्टी सभापतिलाई अनुरोध गरेका छन् । कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले संविधानको धारा ९३(३) अनुसार संसद् अधिवेशनका लागि आजै निवेदन दिन अपिल गरेका हुन् । ‘पार्टी बैठकमा हामीले भनेका थियौँ, बरालिएका केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौ,’ उनले लेखेका छन्, ‘यी विषयलाई त्यो वेला मनन नगर्दा आजको परिस्थिति आएको छ।’

निर्धारित पोसाक नलगाई सिंहदरबार प्रवेश गर्ने कर्मचारीमाथि चेकजाँच

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरूले पोसाक लगाए–नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । 

विश्वकप लिग– २ तालिका सार्वजनिक, नेपालले ओमानमा खेल्ने

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिज ओमानमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार लिग– २ को खेल ओमानमा २०२१ को १९–२८ मार्चसम्म हुनेछ । यो खेल ओमानको अल अमरितमा हुने आइसिसीले जनाएको छ । कोरोनाका कारण आइसिसीले विश्वकप लिग– २ का स्थगित ९६ खेल तालिका सार्वजनिक गरेको हो । यो २०२१, २०२२ र २०२३ मा गरी १४ सिरिज हुनेछ । यो सिरिजमा २१ त्रिदेशीय एकदिवसीय सिरिज चल्नेछ । 

केन्या : जहाँ दश हजारमै बालबालिका बेचिन्छन्

पछिल्लो समय दक्षिण अफ्रिकामा सुरक्षा–व्यवस्था कडा पारिएको छ । एक महिनाअघि अफ्रिकाका केही राष्ट्रमा नाबालक बालबालिकाको किनबेच भइरहेको समाचार अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेपछि प्रहरी प्रशासन चनाखो बन्न थालेको हो । मिडिया रिपोर्टकै आधारमा प्रहरीले त्यस्ता काममा संलग्न केही समूहलाई पक्रिएको पनि छ । प्रहरी अनुसन्धानका क्रममा बालबालिकाकै आमाहरूले समेत राजीखुसीमै दूधेबालबालिका ७० पाउन्ड (नेपाली १० हजार रुपैयाँ)मै बेच्ने गरेको फेला परेको छ । यति कम पैसामै आफ्नो मुटुको टुक्रा बिक्री गर्न ती आमाहरू कसरी र किन बाध्य भए भन्ने प्रश्नको उत्तर हामीले गरेका छौँ ।

सन् २०३० को एसियाड दोहा र २०३४ को रियादले आयोजना गर्ने

सन् २०३० मा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड) कतारको दोहा सहरले आयोजना गर्ने भएको छ । यस्तै, सन् २०३४ को अर्काे एसियाली खेलकुद प्रतियोगिता साउदी अरबियाको रियादले आयोजना गर्ने ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले जनाएको छ । ओसिएको कार्यकारी बोर्डले बुधबार कतारलाई सन् २०३० को एसियाडको आयोजक सहर चुनेको हो । बैठकपछि ओसिएका अध्यक्ष शेख अहमाद अल फहाद अल सबाहले भने, ‘अहिले घोषणा गर्न सक्छु कि धेरै भोट ल्याएर सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने अधिकार जित्ने सहर दोहा हो । यस्तै, सन् २०३४ को एसियाड आयोजनाको अधिकार पाएको छ ।’

दैनिक खाने खानाको प्रत्यक्ष प्रभाव निद्रामा

लकडाउनका वेला अधिकांश मानिसलाई धेरै दिनसम्म घरभित्रै बस्नुपर्ने बाध्यता भयो । एकातिर घरमै थुनिनुपर्ने अर्कोतर्फ बेरोजगारी, आर्थिक अभाव आदिका कारण धेरैको दैनिकी बिग्रियो । यसरी एक्कासि दैनिकीमा आएको परिवर्तनले आममानिसमा अनिद्रा एउटा समस्या भएर आयो । महामारीको मार छँदै थियो, त्यसमाथि फेरिएको दैनिकीले निम्त्याएको तनावका कारण अनिद्रा मुख्य समस्याका रूपमा देखिन थालेको न्युरोलोजिस्टहरू बताउँछन् । चिकित्सकहरूले यो समयमा खानपानमा ध्यान दिन, नियमित व्यायाम गर्न, सुत्ने समय मिलाउन, स्क्रिन समय घटाउन र सकेसम्म सुत्नुभन्दा अघि सोसल मिडियाबाट टाढा रहन सुझाब दिइरहेका छन् । 
 

सुझावित समाचार