झलनाथ खनाल भन्छन्– अध्यादेश आपत्तिजनक, नेकपालाई स्वीकार्य छैन

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक भएको बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक जारी रहेको वेलामा पार्टीलाई थाहै नदिई अध्यादेश जारी भएको भन्दै खनालले जारी अध्यादेश नेकपालाई स्वीकार्य नभएको बताए । 

नयाँ पत्रिकासँग कुरा गर्दै खनालले अध्यादेश आवश्यक नरहेको भन्दै तत्काल फिर्ता लिन माग गरे । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको एकलौटी निर्णयले पार्टीलाई ठूलो क्षति गर्ने उनको भनाइ छ । 
 

सुझावित समाचार