उपप्रधानमन्त्री पाेखरेल भन्छन्- राजनीतिक नेतृत्वमा धैर्यता देखिएन

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक नेतृत्वमा धैर्यता नहुँदा पुनः अस्थिरता निम्तिने जोखिम बढेको बताएका छन् ।

‘जनताले यो सरकारलाई पाँच वर्षका लागि अभिमत दिएका हुन्, तर राजनीतिक नेतृत्वमा त्यतिञ्जेल कुर्न सक्ने धैर्यता देखिएन,’ पार्टीको विवादतर्फ इंगित गर्दै उनले भने ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाले गरेको एक कार्यक्रममा बोल्दै नेकपाको सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले राजनीतिक नेतृत्वको गलत प्रवृत्तिका कारण देशले फेरि अस्थिरताको दुष्चक्र झेल्नुपर्ने अवस्था आउन नहुने बताए ।

सुझावित समाचार