संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम : निधि

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी काम भनेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले ल्याएको अध्यादेशलाई संविधान र प्रणालीमाथिको नांगाे आक्रमण हो भनेका छन् । 

उनले यो अध्यादेश स्वीकार्य नहुने पनि बताएका छन् । 

उनले लेखेका छन्, ‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथि नांगाे आक्रमण हाे । घोर भर्त्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन ।’

सुझावित समाचार