मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सर्लाहीको धन्कौलमा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ ।  नयाँरोड मधुवनी सडक खण्डअन्तर्गत बरहथवाबाट गडहियातर्फ जाँदै गरेको बिआर ३० यू४१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते साबिक कौडेना– ६ सक्रौलनिवासी ३५ वर्षका प्रमोद राय गम्भीर घाइते भएका थिए । घाइते रायको उपचारको क्रममा बरहथवामा मृत्यु भएको हो ।

रायले चलाएको मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
 

सुझावित समाचार