सानिमा बैंकको मोबाइल एप प्रयोग गर्न एनसेलले निःशुल्क सिम र डेटा प्याकेज दिने

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सानिमा बैंकको मोबाइल एप प्रयोग गर्ने ग्राहकले एनसेलबाट डेटा पाउने भएका छन् ।  बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप सानिमा सजिलो इ–बैंकिङ प्रयोगकर्ताका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा प्याकेज दिने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप सेवा लिने बैंकका सेवाग्राहीलाई करिब ३ सय रुपैयाँबराबरको डेटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिम कार्ड प्रदान गरिने जनाइएको छ ।

साथै, बैंकका ग्राहकले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २ सय ५० एमबी निःशुल्क इन्टरनेट डेटा प्राप्त गर्ने बैंकले जनाएको छ ।  बैंकले सातै प्रदेशमा ८५ शाखा, १४ विस्तारित काउन्टर र ८२ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार