तस्बिरमा हेरौँ भरतपुरमा कांग्रेसको सरकारविरोधी प्रदर्शन

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले चितवनको भरतपुरमा सडक नै अवरुद्ध गरेर सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुरको चौबिसकोटीबाट निकालिएको र्‍याली पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ बजारको पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो । 

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सम्बोधन गरेका थिए । कांग्रेसको सभाका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको थियो । 

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको जनाएको छ । 

सुझावित समाचार