नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिका रूपमा सल्लाह गरेर कोइराला परिवारबाट नै उम्मेदवार हुने बताएका छन् ।
कांग्रेसले आज सोमबार देशव्यापी रूपमा गरेको कार्यक्रममा भाग लिन विराटनगर पुगेका कोइरालाले सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै कोइराला परिवारबाट भावी कांग्रेसको सभापतिका लागि सल्लाहमा एकजना उम्मेदवार बन्ने बताएका हुन् ।
उनले आफू, डा. शेखर कोइराला र सुजाता कोइरालाका बीचममा सल्लाहबाट एकजना सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।
साथै उनको कांग्रेसको महाधिवेशन आउने फागुनमा हुन नसक्ने पनि बताए ।
उनले सरकारका गतिविधि भ्रष्टाचारी भएको, जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले देश हिन्दू राष्ट्र हुनुपर्ने र यो अहिलेको जनताको स्पष्ट मागसमेत रहेको बताए । उनले यसबारे आवश्यक परे भोलिका दिनमा जनमतसंग्रहसमेत गर्नुपर्ने बताए ।