पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघापार्कमा कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका–१ का ३९ वर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय किरण श्रेष्ठ, भरतपुर महानगरपालिका २ निवासी ३० वर्षीय सन्दीप गुरुङ, भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय दुर्गामान गुरुङ, लम्जुङको सुन्दरबजार नगरपालिका ४ निवासी ३९ वर्षीय दिनेश जोशी रहेका छन् ।
कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ र भारतीय रुपैयाँ एक सय ८० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहले बताए ।
प्रहरीले उनीहरूलाई शुक्रबार राति नियन्त्रणमा लिएको हो ।