बिहीबार दिनभर

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

विपन्नको फुसको छानो फेर्ने योजना : केन्द्रले पैसा दियो, स्थानीय सरकारले खोस्यो

फुसको छानो फेर्न संघीय सरकारले दिएको रकम स्थानीय सरकारले खोसेपछि विपन्न परिवार बिचल्लीमा परेका छन् । बैंकबाट ल्याप्चे गरेर ल्याएको रकम वडा कार्यालयले लगेपछि झापाको गौरादह नगरपालिका–७ का विपन्न परिवार हिउँदको चिसोमा झन् समस्यामा परेका छन् । संघीय सरकारले विपन्नको फुसको छानो हटाउन उद्देश्यसहित ल्याएको सुरक्षित नागरिक कार्यक्रममा गौरादह–७ का ७४ वर्षीय गुदरा माक्रा पनि छनोट भएका थिए । उनले फुसको छानो हटाउन पहिलो किस्तास्वरूप ३० हजार रुपैयाँ पाएका पनि थिए, तर त्यो रकम एक घन्टा पनि उनको हातमा रहेन । ‘वडा कार्यालयले लग्यो,’ वृद्ध गुदरा भन्छन् । 

७२ प्रतिशतलाई काेभिड-१९ खोप दिने तयारी, नेपालका लागि कुन खोप उपयुक्त ?

नेपालको कुल जनसंख्याकाे ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसंख्याको दुईतिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरूबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । 

कमल थापाको प्रस्ताव–राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि सर्वपक्षीय सम्मेलन गरौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव नेकपासम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् । हेटौँडामा पार्टीको चुनाव चिह्न हलो तथा झन्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे  । उनले नेपाली जनताको अभिमतबाट राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्नेमा जोड दिए । विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने उनको भनाइ छ । नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर विषय बुझ्दै गएको बताए । 

काठमाडौंका सडकमा दुई हजार आधुनिक बत्ती जडान हुने

काठमाडौंका मुख्य सडकहरूमा आधुनिक सडकबत्ती जडान हुने भएको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायत क्षेत्रमा दुई हजारवटा आधुनिक सडकबत्ती जडान कार्य अघि बढ्ने भएको छ । सो कार्यका लागि करिब १७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

९ सय ७० करोड लागतमा भारतमा बन्दै छ नयाँ संसद् भवन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको शिलान्यास गरेका छन् । बिहीबार दिउँसो १२ः३० बजे विशेष होम र पूजापछि मोदीले भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा टाटा ट्रस्टका अध्यक्ष रतन टाटा, युनियनमन्त्री एचएस पुरी, गृहमन्त्री अमित साह, राज्यसभाका कार्यकारी प्रमुख हरिवंश तथा अन्य सरकारी अधिकारी उपस्थित थिए । 

बढ्यो भारतीय पाहुनाको ओहोर दोहोर : अर्थमन्त्रीको निमन्त्रणमा भाजपा विदेश विभाग प्रमुख नेपालमा

छिमेकी देश भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि प्रयासहरु बाक्लिएको देखिएको छ । भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेर फर्किएको दुई सातापछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक जिम्मेवार नेता नेपाल भ्रमणमा आएका छन् । भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवा आज काठमाडौं आइ पुगेका छन् । 

प्रदर्शनको तयारीमा जुट्यो कांग्रेस, सहभागिताका लागि सार्वजनिक अपिल 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीका बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीका बारेमा छलफल भएको बताए । उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्नेबारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं । सल्लाह त्यही भएको छ ।’

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, राष्ट्रपति ट्रम्पद्वारा सर्वोच्चमा उजूरी 

अमेरिकाका सबै ५० राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित गरेका छन् ।  अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरू पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् १४ डिसेम्बरमा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् । पश्चिम भर्जिनिया राज्य राष्ट्रपतिको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँचवटा इलेक्टोरल मत प्राप्त गरेका छन् । 

आधा वर्षमै आठ करोड मानिस विस्थापित, कोरोनाबाट थप पीडा : राष्ट्र संघ

विश्वका विभिन्न देशबीच भइरहको युद्ध, द्वन्द्व र देशभित्रै जारी गृहयुद्धका कारण सन् २०२० को मध्यसम्ममा करिब आठ करोड (7.95 करोड) मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघद्वारा जारी रिर्पोटअनुसार यस्ता घटनाबाट विस्थापित भएमाथि कोरोना महामारी थपिँदा शरणार्थीहरूको जीवन कठिन बनेको छ । शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्र संघको समिति युनएनएचसिआरका अनुसार यो वर्षको मध्यसम्ममा विश्वभरबाट आठ करोड मानिस विस्थापित हुनुपरेको छ । जेनेभामा बुधबार आयोजित कार्यक्रममा युएनएचसिआरले जनाएको छ, ‘पहिलेदेखि नै जारी द्वन्द्व र कोरोना महामारीका कारण सर्वसाधारणको जीवनमा गम्भीर असर परेको छ ।’   

बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई दियो स्वीकृति, अर्को हप्तादेखि लगाइने

क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप त्यहाँका नागरिकलाई लगाउने गरी स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र त्यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दामाथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

सुझावित समाचार