हत्या अभियोगमा फरार महिला १३ वर्षपछि पक्राउ

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

हत्या अभियोगमा फरार भएकी एक महिलालाई १३ वर्षपछि पक्राउ परेकी छिन् । लमजुङ प्रहरीले ३२ वर्षीया पदमी गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले गुरुङलाई दोर्दी गाउँपालिका ६ सिमी गाउँ (माईती घर) बाट पक्राउ गरी अदालतमा पेस गरेको छ । उनलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

आपसी विवादमा तत्कालीन ढोडेनी गाविस ७ हालको दोर्दी गाउँपालिका ६ बस्ने २५ वर्षीया पिचौटी गुरुङलाई १५ वैशाख २०६४ मा ढुंगा तथा दाउरा प्रहार गरी हत्या गरेको ठहर गर्दै जिल्ला अदालत लमजुङले  ९ वर्ष ६ महिना २१ दिन कैद सजाय हुने गरी फैसला गरेको थियो । 

तर, उनी सोही समयदेखि फरार भएकी थिइन् । वैदेशिक रोजगारको लागि इराक गएर उतै बसेको र एक महिनाअघि घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार