कालिकोटमा आगलागीमा परी एक किशोरीको मृत्यु

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । 

आइतबार राति भएको आगलागीमा परी १५ वर्षीया हिरू शाहीको मृत्यु भएको हो ।

चिसो भएका कारण न्यानो बनाउनका लागि पृथ्वीबहादुर शाहीको घरमा राति आगो ताप्न परालबाट आगो बालेको अवस्थामा आगो फैलिएर आगलागी भएको हो । 

आगलागीमा १२ वर्षीया शर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइते शर्मिलालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ । 

त्यस्तै, कालिकोट महावै गाउँपालिका– ६ स्थित कुनीनजिकको तिला कर्णाली नदीको छेउमा पुरुष वा महिलासमेत छुट्याउन नसकिने अवस्थामा बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

सुझावित समाचार