छत्रपति शिवाजीको जन्म भारतको पुणेस्थित शिवनेरी किल्लामा २९ फेब्रुअरी १६६० मा भएको थियो । शिवाजीको पूरा नाम शिवाजी राजे भोंसले थियो । मराठा साम्राज्यले उनलाई छत्रपति बनाएपछि उनलाई छत्रपति शिवाजी महाराजका रूपमा चिन्न थालियो ।
शिवाजी महाराजका पिताको नाम शाहजी भोंसले थियो । अनेकौँ युद्ध लड्ने क्रममा उनी अधिकांश समय आफ्नो राज्य र दरबारभन्दा बाहिर हुन्थे । त्यसैले, उनलाई आफ्नो छोराको सौर्य र पराक्रमको बोध थिएन । एकपटक त्यस्तै एउटा अवसर जुर्यो र उनले शिवाजीलाई बीजापुरको सुल्तानको दरबारमा लिएर गए ।
शाहजीले तीनपटक झुकेर सुल्तानलाई सलाम गरे र शिवाजीलाई पनि त्यस्तै गर्न लगाए । तर, शिवाजीले आफ्नो शिर झुकाउन मानेनन् । छोराले सुल्तानका अघिल्तिर शिर झुकाउन अस्वीकार गर्दा सुल्तान रिसाउने हुन् कि भन्ने डर शाहजीलाई हुनु स्वाभाविक थियो ।
उनले फेरि पनि शिवाजीलाई शिर झुकाएर सुल्तानलाई सलाम गर्न भने । तर, शिवाजीले कुनै पनि बैरी शासकका अघिल्तिर आफूले शिर नझुकाउने बताए । उनी शिर निहुर्याउन त तयार भएनन् नै साथै दरबारबाट बाहिरिँदा पनि शिर ठाडो पारेरै बाहिरिए ।
यस्ता पराक्रमी शासककै बाहुबलीका भरमा भारतमा मराठा साम्राज्यले लामो समयसम्म शासन गर्यो । उनले मुगल साम्राज्यको औरंगजेबसँग लामो समय युद्ध गरे । उनले सन् १६७४ देखि १६८० सम्म मराठा साम्राज्यको नेतृत्व गरे । त्यसैले, शिवाजी महाराजलाई भारतभरि निकै सम्मानका साथ लिने गरिन्छ ।