बालिका बलात्कार आरोपी डेढ वर्षपछि पक्राउ

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेकाे छ । 

गत वर्ष  (०७६ साउन २१) काे साउनमा १३ वर्षीया बालिकालाई लुगा धुन गएकाे वेला पाँचजनाले सामूहिक बलात्कार  गरेको आरोप छ । 

तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ गरे पनि दुईजना फरार थिए । फरार दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 

पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेको सुवेदीले बताए । 

फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोलीले आज बिहान बिहान ४ बजे पक्राउ गरेको हो । 

घटनालगत्तै पक्राउ परेका दुईजना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एकजना नाबालक भएकोले बालसुधार गृह हिरमुनिया बाँकेमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 
 

See More On

सुझावित समाचार