सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

सानिमा बैंकले ग्राहकहरूका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । बैंकले ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ भन्ने नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको हो । 

योजना २२ मंसिरसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकका लागि लागू हुने जनाइएको छ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्ने जनाइएको छ । 

बैंकले हाल ८३ शाखा, १६ विस्तारित काउन्टर र ८१ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार