कृषक र उपभोक्ताबीचको दूरी हटाउनमा केन्द्रित छौँ : मन्त्री भुसाल

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । 

सञ्चारकर्मीसँग आज कुरा गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । 

उनले भने, ‘कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।’ 

कृषि क्षेत्रमा आधुनिकीकरणको सुरुवात भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए ।  

फरक प्रसंगमा कृषिमन्त्री भुसालले सरकारले भ्रष्टाचार र विसगंति नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, ‘कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसगंतिलाई नियन्त्रण गर्नुपर्छ ।’ 

सुझावित समाचार