नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट सान्नी त्रिवेणी गाउँपालिका– ४ स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ तातोपानी बस्ने बिलबहादुर  धामीलाई पक्राउ गरेको हो ।

‘प्रहरी हुँ’ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमान्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजारसहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

धामीलाई नियन्त्रणपश्चात् अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

See More On

सुझावित समाचार