पछिल्लो २४ घन्टामा देशभर थप १५ जना कोरोना संक्रमितको निधन भएको छ ।
योसमेत बिहीबारसम्म ११ सय ८९ जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार थप १९ सय १३ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार चार सय ६१ पुगेको छ ।