बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आर्थिक कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
बिहीबार संसदीय सुनुवाइ समितिमा उनले भने, ‘व्यापार विस्तारका लागि आर्थिक कूटनीति भएकाले व्यापार विस्तार गर्न व्यापार घाटा घटाएर निर्यात बढाउन भूमिका खेल्छु। त्यहाँका व्यापारी उद्योगीसँग छलफल गर्छु।’
बेलायतको प्रविधि नेपाल ल्याउन पनि आफ्नो भूमिका हुने रेग्मीको भनाइ छ। नेपालीहरूको हित संरक्षण तथा ब्रिटिस गोर्खाको हित संरक्षणमा लाग्ने उनले समितिलाई जानकारी गराएका छन् ।
उनले नेपालको सर्वोपरी हितभन्दा ठूलो आफ्नो लागि अरू केही नभएकाले कार्यसम्पादन गर्दा त्यसलाई ध्यानमा राख्नेसमेत प्रतिबद्धता जनाए।