मैले पद मागेर लिएको हाेइन : खतिवडा

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले आफूले पद मागेर नलिएको बताएका छन् ।

राज्यले जिम्मेवारी दिएपछि अहिले राजदूत भएको बताए । बिहीबार संसदीय सुनुवाइ समिति बैठकमा उनले भने, ‘मैले पद मागेर लिएको हाेइन । कर्मचारीले प्रमोसन माग्छन् । स्वाभाविक हो । तर, राजनीतिक नियुक्ति राज्यले दिएर आएको हुँ । पदमा नरही गुजारा नचल्ने पनि हाेइन मेरो । मेरो अनुभवले राज्यले जिम्मेवारी दियो ।’

समिति सदस्यहरूले बैठकमा खतिवडालाई पदमा मात्रै बसिरहन खोजेको आरोप लगाएपछि खतिवडाले उक्त जवाफ दिएका हुन् ।

आफूले जिम्मेवारी मात्रै स्वीकारेको उनको भनाइ थियो ।

‘समितिमा आइसकेपछि मलाई राजदूत बन्न मन थिएन भन्ने कुराको अर्थ छैन।मनको कुरा मनमै छ,’ उनले भने।

सुझावित समाचार