प्रधानमन्त्रीनिवास बालुवाटारमा बन्याे अत्याधुनिक हेलिप्याड

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएकाे प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । 
 
थापाका अनुसार बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट प्रधानमन्त्री ओलीले पहिलो उडान गरेका थिए । साँझ  काठमाडौं फर्किँदा पनि उनी हेलिप्याडमै अवतरण गरेका थिए । 

अब बालुवाटारबाट एयरपोर्ट जाँदा-आउँदा ट्राफिक जामबाट सर्वसाधारणले खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ । 

सुझावित समाचार