ग्लोबल आइएमई बैंक लिमिटेडले टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
ग्लोबल आइएमई बैंककी बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख शान्ता सिवाकोटी र टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरपछि बैंककी बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख सिवाकोटीले यस प्रकारका सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको बताइन् । टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा आभार व्यक्त गरेकी थिइन् ।