चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली

बिहिबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण
चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी उपत्यकास्थित सुनखानीमा रहेको प्रहरी चौकी । तस्बिर सौजन्य : राजन रावत

हिमाली उपत्यका लिमीमा चिसो बढेपछि नाम्खा गाउँपालिका–६ सुनखानीमा रहेको प्रहरी टोली सदरमुकाम सिमकोट फर्किएको छ । प्रत्येक वर्ष जेठमा सीमा क्षेत्रमा राखिने प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम फर्किने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर सीताराम विष्टले प्रहरी टोली अब अर्को वर्ष जेठमा मात्रै सुनखानी फर्किने बताए । चिसो बढेको र हिमपात सुरु भएपछि फिर्ता आउन कठिन हुने भएकाले सीमामा खटिएको प्रहरी मौसम सफा हुँदै सदरमुकाम फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले गस्ती जानसमेत नसक्ने नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताए । सईको नेतृत्वमा २३ प्रहरीको दरबन्दी भए पनि यस वर्ष सात प्रहरी मात्रै चौकी पुगेका थिए । सुनखानी प्रहरी चौकीभन्दा बस्ती एक घन्टा टाढाको दूरीमा छ । 

सुझावित समाचार