कालीगण्डकी नदीमा डुबेर एक बेपत्ता

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

कालीगण्डकी नदीमा डुबेर एकजना  बेपत्ता  भएका छन् । गल्याङ नगरपालिका– ९ स्याङ्जाका ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।

पाल्पाको रामपुर नगरपालिका– १० शिकोडाँडास्थित कालीगण्डकी नदी किनारमा दाउरा छोप्ने क्रममा सुवास बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी मदन गिरीले बताए । मंगलबार दिउँसो बेपत्ता भएका उनको खोजीकार्य जारी छ । 

स्थानीय लक्ष्मण माझी, छोपबहादुर बोटे र बुद्धे बोटेसँगै उनी नदीकिनारमा दाउरा छोप्न गएका थिए । तिहारलाई खर्च जुटाउन भन्दै उनीहरू नदीले बगाएर ल्याएका दाउरा छोप्न नदीमा गएको स्थानीयले जनाएका छन् ।
 

See More On

सुझावित समाचार