कोरोना संक्रमणबाट थप २२ जनाको निधन

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २२ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत हालसम्म ११ सय ४८ जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार थप २७ सय ३६ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर आठ सय ५३ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ छ । 

सुझावित समाचार