‘पर्खी बसेँ’, ‘मसान’, ‘छाडिगए पाप लाग्ला’जस्ता चलचित्र थिए । दर्शकको माया थियो । चलचित्र खुब चलेका थिए । तर, बीचमा अभिनेता राजबल्लभ कोइराला फ्याट्ट उद्योग छाडेर बेपत्ता भइदिए । अमेरिका गए सन् २०१२ तिर ।
करिब आठ वर्षपछि यसपटक नेपाल आउने सुरमा थिए उनी । नयाँ चलचित्रमा काम गर्ने योजनामा थिए । सबै मिलिरहेको थियो । तर, कोभिड–१९ का कारण सम्भव भएन । अब फेरि कहिले योजनाले मूर्तता पाउने हो, राजबल्लभ केही भन्न सक्दैनन् ।
राजबल्ल्भले नेपाली चलचित्र उद्योग छाड्ने वेला नेपाली चलचित्र रूपान्तरणको चरणमा थियो । त्यहीताका ‘लुट’, ‘चपली हाइट’ चलचित्र प्रदर्शनमा आए । यी चलचित्रले रूपान्तरणको लक्षण देखाएका थिए । नेपाली चलचित्र उद्योग नयाँ तवरले अगाडि बढेको संकेत गरेका थिए । यही वर्ष हो, राजबल्लभ नेपाली चलचित्र क्षेत्रबाट अलग्गिएको ।
त्यसवेला भर्खर सामाजिक सञ्जालले व्यापकता पाउँदै गएको थियो । प्रभाव बढिरहेको थियो । चलचित्रको गतिविधि पनि एकपटक सुस्ताएर पुनः ब्युँझिएको थियो । मिडिया पनि उस्तै तरिकाले सक्रिय भइरहेको थियो । राजबल्लभको ‘पर्खी बसेँ’ सन् २००६ मा एक सय दिनभन्दा बढी चलेको थियो । यही चलचित्रबाट उनी स्टार बनेका थिए । ‘तर, मेरो त्यस समयमा दर्शक–श्रोतासँग राम्रो सम्बन्ध बनेन । सामाजिक सञ्जाल हुन्थ्यो भने बन्थ्यो होला । मैले त्यो गुमाएँ,’ राजबल्लभ नोस्टाल्जिक हुन्छन्, ‘कति चलचित्र सफल भए, कति असफल पनि । कतिले मन पराए पनि । तर, सामाजिक सञ्जालको प्रभाव नहुँदा केही पछि पनि परियो ।’
तर, राजेश हमालको समयमा होस् या विराज भट्ट, निखिल उप्रेतीको समयमा । या त यसपछि आएका कोइराला, जीवन लुइँटेल, आर्यन सिग्देलका पुस्ताले होस् या अहिलेका दयाहाङ राई, सौगात मल्ल, अनमोल केसीहरूको पुस्ताले होस्, नेपाली चलचित्रले आफ्नो दर्शक बनाउन सकेन । दर्शकलाई अपनत्व महसुस गराउन सकेन । नेपाली चलचित्रप्रति दर्शकमा प्रेम पैदा गर्न सकेन । यो कुरा राजबल्लभ स्वयं स्वीकार्छन् ।
अमेरिकामा दक्षिण भारतीय चलचित्र प्रदर्शन हुने गर्छन् । सामान्य चलचित्रको सात डलर हुँदा त्यस्ता चलचित्रको २५ डलरसम्म टिकट हुन्छ । चलचित्र झुरै भए पनि वैज्ञानिक, इन्जिनियर, डक्टरहरू हेर्न जान्छन् । त्यो दक्षिण भारतीय चलचित्रले दर्शकसँग निर्माण गरेको सम्बन्धका कारण हो । ‘हामीले त्यस्तो सम्बन्ध निर्माण गर्न सकेनौँ । उनीहरू विद्वान नै भए पनि आफ्नो चलचित्र भनेपछि हुरुरु जान्छन् हलमा,’ उनी भन्छन् ।
०००
अहिले राजबल्लभ आफूले काम गरेको समय सम्झिएर खुब नोस्टाल्जिक हुन्छन् । ती ठाउँ, त्यो समय, ती मान्छे, ती सम्बन्धहरू अनि ती प्रिय दर्शकहरू । अहिले पनि यस्ता प्रिय चिजहरूले कोइरालालाई लोभ्याइदिन्छ । तर, समय निकै घर्किसकेको छ । समयभन्दा धेरै पर छन् उनी । भूगोलभन्दा धेरै दूर छन् । तर, उनले खेलेको ती चलचित्रले बनाएका दर्शकहरू त अझै पनि यहीँ छन्, यतै छन् ।
अहिले त टिकटक छ, युट्युब छ । सामाजिक सञ्जाल छन् । त्यसले दर्शक र कलाकारबीच एक किसिमको सम्बन्ध स्थापित गराएको छ । जसका कारण नै कलाकारको सफलता र असफलता जोडिन्छ । आफूले अहिलेको यो कुराचाहिँ गुमाएको बताउँछन् कोइराला । उनका अनुसार जतिले चिने, जतिसँग सम्बन्ध बन्यो, त्यो सबै आफू सँगसँगै हुर्किएकाहरूसँग मात्र भएको हो । तर, यी सबै चक्र हुन्, घुमिरहनेछ । यी सबै चलिरहनेछ । बनिरहनेछ, भत्किरहनेछ । राजबल्लभ यसैगरी चित्त बुझाइरहन्छन् ।
अमेरिकामा नेटफ्लिक्स, अमेजन प्राइम, हुलुलुजस्ता टिजिटल स्ट्रिमिङ साइटहरू थिए । डिज्नीले पनि सुरु गर्यो । उसले सुरु गर्नासाथ ६ करोड दर्शक डिज्नीसँग जोडिए । तर, नेपाली चलचित्रको अवस्था त्यस्तो छैन । कोरोनाको समयमा नेपाली चलचित्र क्षेत्र छटपटाइरहेको छ । ‘हामीले पनि यो किसिमको होमवर्क गरेर जानुपथ्र्यो ।
नेपाल गएर केही गर्न खोजौँ भन्ने लागेको त छ, तर माहोल राम्रो छैन । सबैै नेपालमै रोकिन सक्दैनन् । यस किसिमको समस्याबीच बाँच्नुपर्ने हुन्छ हामी । त्यही भएर कहिलेकाहीँ समयले दिएको स्क्रिप्ट यति बलियो हुन्छ कि चित्त बुझे पनि, नबुझे पनि खेल्नुपर्ने हुन्छ । समयले जस्तो स्क्रिप्ट दियो, त्यसैमा खेलिरहेको छु । चलचित्रमा पनि नयाँ ठाउँ, नयाँ सोच र नयाँ चरित्रमा उभ्याइन्छ । जिन्दगी पनि त्यही हो ।
तर, जान सकेनौँ,’ राजबल्लभ भन्छन्, ‘हिजो पाँच वर्ष, दश वर्षअघिदेखि यो माहोल बनेको भए, विकास बोर्डले पहल गरेको भए अहिलेको अवस्थामा हामीसँग विकल्प हुन सक्थ्यो । यसरी छटपटिन पर्दैन थियो होला ।’ उनी भन्छन्, ‘मैले चलचित्र उद्योग छाड्दामा त्यो समय चलचित्र क्षेत्र छटपटाएको थियो ।’ यही संकटको वेला उनले उद्योग छाडे । आफूले बाँच्नुपर्ने, जिम्मेवारी बहन गर्नुपर्ने भएकाले पनि थोरै स्वार्थी भएको सुनाउँछन् उनी । परिवार थियो, परिवारप्रतिको जवाफदेहिता थियो । भन्छन्, ‘परिस्थितिअनुसार जिम्मेवारी हेरफेर भइरहन्छन् । त्यसलाई स्वीकार्नुको विकल्प नहुँदो रहेछ ।’
०००
राजबल्लभ कोइराला, आर्यन सिग्देल, जीवन लुइँटेलहरू आएपछि नेपाली चलचित्र क्षेत्रमा तेस्रो पुस्ताको सुरुवात भएको थियो । त्यही हिसाबले दर्शकले यो पुस्तालाई स्वागत पनि गरे । अहिले त चौथो पुस्ता सक्रिय छ । अहिलेको सक्रिय पुस्तालाई लिएर स्टारडमको कुरा हुन्छ । तर, त्योवेलाजस्तो स्टारडममा मिठास नभएको पुराना मान्छेले भनिरहन्छन् ।
राजबल्लभलाई पनि लाग्छ, त्योवेला मिठास अर्कै थियो । चलचित्र क्षेत्र अहिलेजस्तो गुटैगुटको सिकार भएको थिएन । सबै आत्मीय थिए । मिलेर काम गर्थे । ‘अहिलेजस्तो पारिश्रमिकको हल्ला थिएन । यस्तो हल्लाले चलचित्र चल्दैन थियो,’ उनी सुनाउँछन्, ‘अहिले दशौँ, बीसौँ, पचासौँ लाख पारिश्रमिक लिएको सुन्दा अलि असुहाउँदो लाग्छ । हाम्रो उद्योगको विस्तार कहाँसम्म हो, हामीलाई त थाहा छ नि !’
राजबल्लभहरूको समयमा निर्माता केही भए पनि सफल हुन्थे लगानी फिर्ता गर्न । दुःख–सुख बाँडाँैला भनेर काम गरिएकै कारण निर्माताहरू पनि सुरक्षित हुन सकेका बताउँछन् । त्यसरी काम गरेकाले टिम राम्रो थियो, भोलि टुक्राटुक्रा होला, भत्किएला भनेर सोच्नसम्म नसकिने अवस्था रहेको दाबी छ राजबल्लभको आफ्नो समयमा ।
राजबल्लभले करिब १५ वर्ष बिताए चलचित्र र रेडियोमा । एफएमको बाटो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । अहिले त ३८ वर्षका भए । तर, जति नै उमेरको भए पनि चलचित्र क्षेत्रमा आफ्नो अवस्थाअनुसार भूमिका पाइने क्षेत्र भएकाले पनि अझै काम गर्ने सम्भावना ज्युँदो देख्छन् उनी । यस वर्ष चलचित्र गर्ने योजनामा थिए । छोरी जन्मेकाले चार महिनाको छुट्टी पनि पाएका थिए । तर, कोभिडका कारण त्यो सम्भव भएन । यहाँ आएर चलचित्र खेलेर गएर मात्र पनि हुँदैन ।
निर्मातालाई समय दिनुपर्यो । प्रमोसनमा लाग्नुपर्यो । दर्शकसँग पुनः सम्बन्ध स्थापित गराउनुपर्यो । तर, यी कुरा खासै सम्भव छैन उनका लागि । ‘यसमा आफैँले चित्त बुझाउनुको विकल्प पनि त छैन । अहिले त श्रीमती र छोरीको आँखा हेरिरहनु पनि ठूलो भूमिका हो मेरो । समयले दिएको स्क्रिप्टमा खेलिरहेको छु यतिवेला,’ काव्यिक हुँदै राजबल्लभ भन्छन्, ‘समयले जस्तो स्क्रिप्ट दियो, त्यसैमा खेलिरहेको छु । चलचित्रमा पनि नयाँ ठाउँ, नयाँ सोच र नयाँ चरित्रमा उभ्याइन्छ । जिन्दगी पनि त्यही हो ।’
कहिलेकाहीँ त कोइराला सोच्छन्, नेपालमै गएर उद्योगमा सक्रिय हुनुपर्छ कि क्या हो ! तर, यहाँ माहोल छैन । अभिनेता रमेश उप्रेती नेपाल आए । ‘ऐश्वर्या’ चलचित्र बनाए । तर, फेरि अमेरिका फिरे । अभिनेता सरोज खनाल पनि भर्खरै अमेरिका फिरेका छन् । राजबल्लभ भन्छन्, ‘नेपाल गएर केही गर्न खोज्ने त हो, तर माहोल राम्रो छैन । सबैै नेपालमै रोकिन सक्दैनन् । यस किसिमको समस्याबीच बाँच्नुपर्ने हुन्छ हामी । त्यही भएर कहिलेकाहीँ समयले दिएको स्क्रिप्ट यति बलियो हुन्छ कि चित्त बुझे पनि, नबुझे पनि खेल्नुपर्ने हुन्छ ।’